जनता
लाहुरेको कोसेली
मातृदिप राई |
घर र्फकँदा
लाहुरेहरू कोसेली नलिई आउने कुरै हुँदैन ।
ब्रिटिश गोर्खा सेनामा कार्यरत २९ वर्षीय विश्वासदिप तिगेला पनि यस्तै
केही न केही लिएर आउँछन् । तर उनको कोसेली अरुको भन्दा फरक
हुन्छ । उनी हरेक छुट्टीमा बौद्धिक खुराक छोडेर जान्छन् ।
उनको कामका प्रशंसकहरू भन्ने गर्छन्, "जमानासँगै लाहुरेको कोसेली पनि
बदलिएछ ।"
डेढ वर्षघि नेपाल आउँदा विश्वासदिपले बेलायतबाट शान्ति
स्थापनार्थ गृहयुद्ध झेलिरहेका देशहरूमा जाँदाको अनुभवहरूको सँगालो
गृहयुद्धको पीडा नामको पुस्तक छाडेर गए । त्यसको ६ महिनापछि आउँदा
नेपाली साहित्यका पारखीहरूका लागि डब्ल्यू डब्ल्यू डब्ल्यू डट साहित्य
डट कम नामको नेपाली साहित्यसम्बन्धी वेबसाइट खोलेर गए । केहीअघि
मात्र फेरि नेपाल आएर उनले सिक्किममा बसी नेपाली र लिम्बू
भाषा-साहित्यको सेवामा ६ दशकदेखि सक्रिय अपतन साहित्यिक अभियानका अगुवा
पद्मसिंह सुब्बाको जीवनीमा आधारित वृत्तचित्र मृदुल पदम निर्माण
गरे । भन्छन्, "म पहिलेदेखि नै उहाँलाई श्रद्धा गर्थेँ, आज उहाँकै
जीवनीमा आधारित वृत्तचित्र बनाउन पाएकोमा गौरव लागेको छ ।" ५२
मिनेटको सो वृत्तचित्रको निर्देशन प्रणय लिम्बूले गरेका
हुन् ।
पल्टनिया जीवनमा बन्दुकसित सम्बन्ध राखिरहनर्ुपर्ने
विश्वासदिप तिगेला ब्यारेकभित्रै रहँदा पनि त्यत्तिकै बस्दैनन्, केही न
केही सिर्जनात्मक काम गरी नै रहन्छन् । उनले एक दशकअघि शुरु गरेको
प्रवासी वेदनाका आवाजहरू नामको साहित्यिक पत्रिकाले संस्थागत रुप
लिइसकेको छ भने व्यक्तिगत र संस्थागत रूपमा विभिन्न वेबसाइटहरू पनि
चलाएका छन् । थाहा छैन, अर्को छुट्टीमा आउँदा यी लाहुरेले अब के
कोसेली ल्याउने हुन् ?
पूर्णिमाको पहिचान
चार
महिनाअघि मिस नेपाल हङकङ २००५ को ताज पहिरिएदेखि पूणिर्मा गुरुङको व्यस्तता
बढेको छ । हङकङमा प्रायः नेपाली समुदायबीच हुने सामाजिक
क्रियाकलापहरूबाट अनभिज्ञ रहने गरेकी उनी मिस नेपाल हङकङ बनेपछि नेपाली
समुदायका हरेक जमघट-भेलाको आवश्यकता नै बनेकी छन् ।
हप्तैपिच्छेजसो हुने नेपाली कार्यक्रमहरूमा अतिथि एवं सहयोगी भएर काम
गरिरहेकी हुन्छिन् । हङकङमा हुने विभिन्न सांस्कृतिक-साङ्गीतिक
कार्यक्रमहरूमा उद्घोषिकाको रूपमा पनि उनलाई देख्न
सकिन्छ ।
पुख्र्यौली घर घान्द्रुक भए पनि ललितपुर,
जावलाखेलमा हुर्किएकी पूणिर्मा दुइ वर्षघि हङकङ पुगेकी हुन् । मिस
नेपाल हङकङ बनेपछि उनलाई लगातार मोडलिङका प्रस्तावहरू आइरहेका
छन् । नेपालमा रहँदा केही म्युजिक भिडियो खेलेको र 'फेशन शो'मा
सहभागी भएकोे अनुभवले पनि उनलाई मिस हङकङ बन्न सहयोग पुगेको हो ।
यसबाट उनले कुनै कुरामा निरन्तर लागिरहँदा अवश्य सफल भइन्छ भन्ने
शिक्षा लिएकी छन् । पहिले सामाजिक गतिविधिमा चासो नदिने
पूणिर्माको अहिले पहिचान फेरिएको छ । भन्छिन्, "जिम्मेवारीको
अनुभूतिसँगै रमाइलो पनि भइरहेको छ । हङकङका नेपालीमाझ परिचित हुन
पाउँदा एकदमै खुशी
छु । |